थोरै घटे सङ्क्रमित, १० हजार सात सय तीन जनामा कोरोना पुष्टि

थोरै घटे सङ्क्रमित, १० हजार सात सय तीन जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनामा परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर परीक्षण विधिबाट आठ हजार आठ सय १५ र एन्टिजेन विधिबाट एक हजार आठ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ। योसहित नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार तीन सय ७४ रहेको छ। 

यस्तै पछिल्लो २४ घण्टामै सात सय ६६ जना सङ्क्रमणमुक्त पनि भएका छन्। यता मृतकको सङ्ख्या भने पछिल्लो २४ घण्टामा तीन जना रहेको छ।

हाल एक सय ५४ जना क्वारेन्टिनमा रहेका छन्। यता सङ्क्रमणमुक्त हुने दर घटेर ९१.४ प्रतिशत पुगेको छ।

 

माघ ७, २०७८ शुक्रबार १६:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।