खातामा पैसा नहुँदा नहुँदै चेक काटेर दिने जीतेन्द्रबहादुर पक्राउ

खातामा पैसा नहुँदा नहुँदै चेक काटेर दिने जीतेन्द्रबहादुर पक्राउ

ब्यूरोका अनुसार आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जान्दाजान्दै उनले बैंकको चेक काटेर दिएका थिए।

उनलाई विसं २०७६ मा उच्च अदालत पाटनले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम दुई दिन कैद र बाह्र लाख जरिवाना हुने फैसला सुनाएको थियो।

त्यसपछि फरार रहेका रिजाललाई ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो।

माघ ७, २०७८ शुक्रबार १६:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।