एक लाख नक्कली नोटसहित दुई जना पक्राउ, फेन्सीमा किन्दै थिए कपडा

एक लाख नक्कली नोटसहित दुई जना पक्राउ, फेन्सीमा किन्दै थिए कपडा

भरतपुरको बेलचोकमा रहेको एक फेन्सी पसलमा नक्कली नोट दिएर कपडा किन्दै गर्दा उनीहरू पक्राउ परेका हुन्। उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत खोटा मुद्रा मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएर अनुसन्धान थालिएको छ।

पक्राउ परेकाहरूबाट नक्कली एक हजारका १० थान नोट, एक–एक थान मोबाइल र ल्यापटप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै तामाङको साथबाट गगनबहादुर तामाङ नामको सौर्य दैनिकको प्रेस कार्ड समेत फेला परेको छ।

पत्रिकाले भने उनी आफ्नो कार्मचारी नभएको जनाएको छ।

माघ ७, २०७८ शुक्रबार १४:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।