पदाधिकारी चयन गर्न बोलाइएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा फैलिएपछि पदाधिकारी चयन गर्न बोलाइएको बैठक हाल नहुने भएको हो। सरकारले पनि स्वास्थ्य मापदण्डअन्तर्गत २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ।
यसअघि गत पुस २५ मा बस्ने भनिएको बैठक केन्द्रीय कार्यालयका कर्मचारीसहित नेताहरूमा सङ्क्रमण देखिएपछि भोलि गर्ने तय गरिएको थियो।
योसँगै माओवादीको पदाधिकारी चयन अनिश्चित बनेको छ।
माघ ७, २०७८ शुक्रबार १४:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।