नक्कली मह कारखानामा प्रहरी छापा, ७ हजार किलो महसहित समातिए एकीकृत समाजवादीका नेता

नक्कली मह कारखानामा प्रहरी छापा, ७ हजार किलो महसहित समातिए एकीकृत समाजवादीका नेता

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बिहीबार नयाँ बजार ज्याठामा रहेको स्पर्श हनी नामक ब्रान्डका सञ्चालक श्रेष्ठलाई पक्राउ गरेको हो।

अखाद्य वस्तु मिसाएर मह भन्दै बेच्ने गरेको सूचनाको आधारमा महको नमुना लिएर परीक्षण गर्दा सूचना सत्य देखिएपछि छापा मारेर सञ्चालकलाई नियन्त्रणमा लिएको महाशाखाका एसपी कृष्ण प्रसाद कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार महमा ग्लुकोज, चीनी र सोडालगायत वस्तु मिसाएको पाइएको छ।

उनले मह भन्दै प्रतिकिलो ६ सय रुपैयाँमा बिक्री गर्दै आएका थिए। श्रेष्ठ नेकपा एकीकृत समाजवादीका सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष समेत हुन्। सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का श्रेष्ठले आफू र श्रीमतीको नाममा नतिजा प्याकेजिङ कम्पनी सञ्चालन गरी मह बनाई विक्री वितरण गर्दै आएका थिए। उनले स्पर्श हनीको लेबल टाँसेर विक्री गर्ने गरेको पनि सो ब्रान्ड दर्ता नभएको खुलेको छ।

माघ ७, २०७८ शुक्रबार १३:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।