उपत्यकामा भोलिबाट जोर-बिजोर लागू, मास्कबिना सार्वजनिक सवारी चढ्न नपाइने

उपत्यकामा भोलिबाट जोर-बिजोर लागू, मास्कबिना सार्वजनिक सवारी चढ्न नपाइने

जसअनुसार भोलि ७ गते विजोर नम्बर प्लेटका सवारी मात्र चल्न पाउनेछन्। तर स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शव वाहन तथा पेट्रोलियम पदार्थसहित अत्यावश्यक ढुवानीका सवारीलाई जोर-बिजोर लागू नहुने ललितपुर जिल्ला प्रशासनले जारी गरेको सूचनामा भनिएको छ। 

यस्तै सार्वजनिक सवारीका हकमा चालक र सहचालकले अनिवार्य फेस सिल्ड र मास्कको प्रयोग गर्नुपर्ने छ। यस्तै यात्रुहरू पनि बिनामास्क यात्रा गर्न पाउने छैनन्।

सार्वजनिक सवारीलाई दैनिक स्यानिटाइज गर्नुपर्ने, लामो दूरीका सवारीले सकभर यात्रुलाई एन्टिजेन परीक्षण गराउनु पर्ने लगायतका निर्णय गरिएको छ। 

यस्तै कोही यात्रु मास्क नलगाइ आएमा बढीमा पाँच रुपैयाँ लिएर चालक वा सहचालकले मास्क उपलब्ध गराउनु पर्नेछ। 

माघ ६, २०७८ बिहीबार २१:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।