अखिल क्रान्तिकारीको माग: पढाइ र परीक्षा वैकल्पिक माध्यमबाट, इन्धनको मूल्यवृद्धि फिर्ता हुनुपर्ने

'महामारीको यो समयमा त्रिविलगायत अन्य विश्वविद्यालयहरूको भौतिक उपस्थितिमा भइरहेको परीक्षा तत्काल स्थगित गर्नुपर्ने बाध्यात्मक अवस्था भए पनि विद्यार्थीहरूको पढाइ र परीक्षा नियमित रूपमा सुचारु गर्नको लागि वैकल्पिक योजना निर्माण गरी शैक्षिक सत्र प्रभावित हुन नदिनका लागि सम्बन्धित विश्वविद्यालयहरू र सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै बुधबार रातिदेखि नेपाल आयल निगमले बढाएको पेट्रोल, मट्टितेल, डिजेल र हवाइ इन्धनमा मूल्यवृद्धिमा अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ। सो मूल्यवृद्धि तत्काल फिर्ता गर्न संगठनले माग गरेको छ।
मूल्यवृद्धि फिर्ता नभए प्रतिवादमा उत्रिने चेतावनी समेत क्रान्तिकारीले दिएको छ।
माघ ६, २०७८ बिहीबार २०:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।