बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

आज साँझ ५ बजेतिर चौधरीले चलाएको मोटरसाइकल सडकबाट करिब डेढ सय मिटर तल खसेको र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

चौधरी बझाङको देउलेकबाट बैतडीको शिवलिंगतर्फ आउँदै गरेका थिए। उनी बझाङको बित्थडचीर गाउँपालिकाका काली ओडको ट्याक्टरका चालक समेत रहेका थिए।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनाको विषयमा थप अनुसन्धानका लागि घटनास्थल तर्फ प्रहरी टोली गएको प्रहरी प्रवक्ता खड्काले बताए।

माघ ६, २०७८ बिहीबार २०:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।