नेपालमा बसेर अमेरिकामा जुवा खेलाएको आरोपमा १२ जना पक्राउ

नेपालमा बसेर अमेरिकामा जुवा खेलाएको आरोपमा १२ जना पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौँको कीर्तिपुर नगरपालिकाको विभिन्न घरमा छापा मारेर जुवा खेल्न प्रयोग भएको उपकरणसहित उनीहरूलाई पक्राउ गरेको हो।

महाशाखाका अनुसार उनीहरूले कीर्तिपुरको चोभार, नगाउँ र बागभैरवस्थित विभिन्न घरबाट अनलाइन मार्फत जुवा खेलाउने गरेको आरोपमा प्रहरीले सुजेन्द्र थापा, मनिष थापा, समीर थापा, कविता थापा, रविन खड्का, बुद्ध महर्जन, हनिशा महर्जन, रोजा महर्जन, साहिल महर्जन, प्रदीपमान सिंह बस्नेत, विनोद ठगुन्ना र रमादेवी श्रेष्ठलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट ल्यापटप, मोबाइल लगायत उपकरण बरामद भएको जानकारी दिएको छ।

पक्राउ परेका मध्ये सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाइन जुवा खेलाउने मुख्य व्यक्ति भएको र उनीहरूले ३ वटा घरबाट २४ सै घण्टा सिफ्टवाइज कर्मचारीसमेत राखेको प्रहरीको दाबी छ।

कर्मचारीले फेसबुकबाट अमेरिकी र युरोपेली नागरिकलाई साथी बनाएर अनलाइन जुवा खेल्ने लिङ्क शेयर गरी अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने गरेको प्रहरीको दाबी छ।

माघ ६, २०७८ बिहीबार १८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।