केशर महलमा रहेका बाघको टाउको र केशर शमशेरको हतियार चोरी, २ जना पक्राउ

केशर महलमा रहेका बाघको टाउको र केशर शमशेरको हतियार चोरी, २ जना पक्राउ

बाघको टाउको, महल बनाउने केशर शमशेरको पोसाक, तरबार लगायतका सामान चोरी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले सुमन शर्मा र वीरबहादुर सुनार पक्राउ परेका हुन्।

केशर महलमा रहेको पुस्तकालयमा रहेको सामान उनीहरूले बोरामा राखेर बाहिर लैजाने प्रयास गरेका थिए। उनीहरूले सामान बोरामा हालेर परिसरभित्र फालेर पछि स्कुटरमा हालेर लैजाने योजना बनाएका थिए। उनीहरू स्कुटर लिएर सामान लिन जानेक्रममा पक्राउ परेको महाशाखाका एक प्रहरी अधिकारीले जानकारी दिए।

अनुसन्धानमा चोरीमा गणेशसँगै दीपेन्द्र भन्ने देवेन्द्र केसी पनि संलग्न रहेको खुलेका छ। उनीहरू फरार छन्। गणेश रेट्रोफिटिङ गर्ने मजदुरको ठेकदार हुन्।

भूकम्पमा क्षतिग्रस्त भएको केशरमहल पुस्तकालय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरिरहेको छ।

माघ ६, २०७८ बिहीबार १७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।