वीरेन्द्रनगरका गाई-गोरु व्यवस्थापन गर्न सहकारी दर्ता

वीरेन्द्रनगरका गाई-गोरु व्यवस्थापन गर्न सहकारी दर्ता

कोभिडको दोस्रो लहरको समयमा सामाजिक न्यायका लागि गठित कर्णाली स्वयंसेवक दलको नेतृत्त्वमा वीरेन्द्रनगरका सडक र यत्रतत्र रहेका गाई/गोरुहरूको कानूनीरूपमा व्यवस्थापन गर्नका लागि सहकारी दर्ता गरिएको स्वयंसेवक दलका अध्यक्ष सुदर्शन श्रेष्ठले जानकारी दिए।

‘हामीले वीरेन्द्रनगरमा यत्रतत्र रहेका गाई/गोरुको व्यवस्थापन गर्नका लागि सहकारी दर्ता गरेका हौँ,’ अध्यक्ष श्रेष्ठले भने, ‘सडकमा छाडा छोडिएका गाई/गोरुका कारण किसानका अन्नबाली नष्ट हुनुका साथै सडक दुर्घटना पनि उत्तिकै बढिरहेका छन्। मानवीय क्षति र पशुको रक्षाका लागि कानूनीरूपमै सहकारी संस्था दर्ता गरेर काम गर्न थालेका हौँ।’

उनका अनुसार सहकारीले निकट भविष्यमा सुर्खेतसहित कर्णालीका अन्य जिल्लामा पनि पशु चौपायको व्यवस्थापनको काम गर्नेछ। सहकारीको अध्यक्षमा ताराकेशर पौडेल छन् भने उपाध्यक्षमा प्रवाशकुमार शाक्य, सचिवमा धर्मराज आचार्य, सहसचिवमा हरिप्रसाद उपाध्याय, कोषाध्यक्षमा शेरबहादुर खड्का रहेका छन्।

त्यस्तै सदस्यहरूमा जयप्रसाद आचार्य, ओमबहादुर खड्का, पार्वती गिरी, नेत्रप्रसाद चालिसे, तारा कोइराला र गणेश कुमार पन्त छन्।

माघ ६, २०७८ बिहीबार १६:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।