युक्रेनलाई ६ सय मिलियन डलरको रक्षा उपकरण पठाएको बाइडेनको दावी

'हाम्रा साझेदार र सहयोगीहरू रुस र यसको अर्थतन्त्रमा गम्भीर क्षति पुर्याउन तयार छन्,’ बाइडेनले भने।
उनले रुसमाथि कडा प्रतिबन्ध लगाइने पनि बताए। रुसले जुन स्तरमा युक्रेनमाथि आक्रमण गर्छ त्यही स्तरमा रुसमाथि प्रतिबन्ध लगाइने बाइडेनले बताए।
"मैले पहिले नै युक्रेनीहरूलाई अमेरिकी डलर ६०० मिलियनभन्दा बढी मूल्यको परिष्कृत रक्षा उपकरणहरू पठाइसकेको छु। रुसीहरूका लागि यो महँगो पर्नेछ', उनले भने।
यता रुसले युक्रेनको सीमामा एक लाख सेना तैनाथ पारेको अमेरिकाको बुझाइ छ।
माघ ६, २०७८ बिहीबार १६:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।