दुई केजी गाँजा र झण्डै तीन हजार पिस नाइट्राभेटसहित पक्राउ

दुई केजी गाँजा र झण्डै तीन हजार पिस नाइट्राभेटसहित पक्राउ

पक्राउ पर्नेहरूमा काभ्रे मनदन देवपुर बस्ने २५ वर्षीय सरोज विक र सिरहा गोलबजार नगरपालिका-४ बस्ने २३ वर्षीय आकाश शर्मा रहेका छन्। सम्सीबाट बर्दिबासतर्फ जाँदै गरेको बा४६प ६२७३ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। 

यता कास्कीको पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट करिब दुई केजी दुई सय ग्राम गाँजासहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-९ शान्तीटोल बस्ने २१ वर्षीया सुस्मिता गुरुङ र २० वर्षीय राजकुमार भुजेल रहेका छन्।

सिआरभी पृथ्वीचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

माघ ६, २०७८ बिहीबार १५:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।