राष्ट्रिय सभा निर्वाचन: मधेशमा एमालेलाई लोसपाको साथ

अब एमालेका अन्यतर्फको उम्मेदवार उसमान अन्सारीलाई लोसपा समेतले सघाउने भएको छ भने लोसपाको महिलातर्फको उम्मेदवार रूपाकुमारी यादवलाई एमालेले पनि सघाउने भएको छ।
यसअघि एमालेले महिलातर्फ विनादेवी साहलाई उम्मेदवार बनाएको थियो। लोसपाले भने अन्यतर्फ उम्मेदवारी दिने बताए पनि तोकेको भने थिएन। यता सत्ता गठबन्धनले माओवादी केन्द्रबाट उर्मिला अर्याललाई र जनता समाजवादी पार्टीबाट महम्मद खालिदलाई उम्मेदवार बनाइसकेको छ। गणितीय हिसाबमा मधेश प्रदेशमा सत्ता गठबन्धन नै बलियो देखिएको छ।
राष्ट्रिय सभा निर्वाचन यही माघ १२ गते हुँदैछ।
माघ ६, २०७८ बिहीबार १५:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।