संविधानले जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन: गगन थापा

संविधानले जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन: गगन थापा

उनले लेखेका छन्- 'हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन। अत: निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।'

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहभन्दाअघि नै संसदीय निर्वाचन गर्ने कुरा उठाएपछि थापाले यस्तो बताएका हुन्। 

उनले थप लेखेका छन्- 'कांग्रेस प्रष्ट छ- असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्छ।'

माघ ६, २०७८ बिहीबार १५:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।