विश्वकपको ग्लोबल छनोटको लागि टोलीको घोषणा, विनोद र सोमपाल परेनन्

लोकेश बम र विवेक यादव पहिलो पटक छनोटमा परेका छन्। शरद भेषवाकर, प्रदीप ऐरी र जीतेन्द्र मुखिया पुनः राष्ट्रिय टोलीमा फर्किएका छन्। यता विस्फोटक ब्याट्सम्यानको पहिचान बनाएका विनोद भण्डारी र सोमपाल कामी भने टोलीमा अटाएनन्।
फेब्रीअरी १७ देखि २४ तारिखसम्म ओमानमा विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट हुँदैछ। ओमानसहित नेपाल, फिलिपिन्स, क्यानडा, संयुक्त अरब इमिरेट्स (युएई), बहराईन, आयरल्याण्ड र जर्मनीले छनोट चरण खेल्नेछन्।
यस समूहबाट शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन्।
१६ सदस्यीय नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जीतेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी रहेका छन्।
माघ ६, २०७८ बिहीबार १४:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।