गाडी चढ्दा अनिवार्य मास्क लगाउन ट्राफिक प्रहरीले गर्यो अनुरोध

ट्राफिक प्रहरीले ‘सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौँ’ भन्ने सन्देश सहितको सूचनामूलक स्टिकर टाँस गरेको जनाएको छ।
उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरूमा पन्ध्र हजार थान स्टिकर टाँस गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडौँ मल अगाडीको कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेश राज जोशीले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रण गर्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड र सावधानीका उपायहरूलाई पूर्ण पालना गर्न अनुरोध गरे।
ट्राफिक प्रहरीले सवारी साधनमा यात्रा गर्दा मास्कको प्रयोग भएनभएको अनुगमन गर्दै मास्क नलगाएको पाइए सम्झाइबुझाई गरी मास्क समेत वितरण गरेको जनाएको छ।
माघ ६, २०७८ बिहीबार १३:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।