सरकारको कालो सूचीमा परे सात निर्माण कम्पनी 

सरकारको कालो सूचीमा परे सात निर्माण कम्पनी 

सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना निकालेर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने गरी कालो सूचीमा राखेको जानकारी दिएको हो। 

विभागले सात मध्ये पाँच निर्माण व्यवसायीलाई एक वर्षका लागि कालो सूचीमा राखेको छ।

सम्झौताअनुसार निर्माण पूरा नगर्ने कर्णाली प्रदेशको सल्यानस्थित पूर्वाधार विकास कार्यालयको सिफारिसमा काठमाडौँको महाराजगन्जस्थित आरोग्य कन्स्ट्रक्सन प्रालिलाई तीन वर्षका लागि र दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिफारिसमा काठमाडौँकै हाँडीगाउँस्थित डाइग्नोकेस जय शम्भु जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको विभागले जनाएको छ।

यस्तै तुलसीपुरस्थित बालन ब्रदर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स, वरदान कन्सल्टेन्ट एन्ड कन्स्ट्रक्सन प्रालि, अनामनगरस्थित ग्रिन टेक प्रोजेक्ट प्रालि, बाँकेको सोरानीस्थित एसएनसी निर्माण सेवा प्रालि र लुम्बिनीको रुपन्देहीस्थित शाह निर्माण सेवा कम्पनीलाई एक–एक वर्षका लागि कालोसूचीमा राखिएको छ।

माघ ६, २०७८ बिहीबार १३:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।