चन्द्रागिरिका रोशनको हत्यामा संलग्न दुई जना पक्राउ

चन्द्रागिरिका रोशनको हत्यामा संलग्न दुई जना पक्राउ

फलामको दाउ र कैँचीको प्रयोग गरेर रिजालको हत्या गरेको अनुसन्धानमा खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। हत्यालगत्तै फरार रहेका अनुजलाई चन्द्रागिरिबाट र अभिषेकलाई धादिङ प्रहरीको सहयोगमा पक्राउ गरिएको हो।

सोही घटनामा चन्द्रागिरि नगरपालिका–१ दहचोक बस्ने २२ वर्षीय नीरज मगर घाइते भएका छन्। उनको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

घटनालगत्तै महानगरीय प्रहरी प्रभाग बलम्बु, महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानमा खटिएको थियो। पक्राउ दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।

माघ ४, २०७८ मंगलबार ०९:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।