जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक फरार

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक फरार

जिल्लाको कटारी नगरपालिका–८ मा कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नम्बरको बोलेरो जीप सोमबार साँझ बिजुलेस्थित पाटाखोलाको गोलाइमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी–८ बिजुलेका ३८ वर्षीय विक्रम मगरको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यस्तै कटारी मरुवाका ५६ वर्षीया सेतीमाया श्रेष्ठ, ५२ वर्षका चन्द्र श्रेष्ठ, गीता श्रेष्ठ, पाँच वर्षीय बालक मनोज खड्का, कटारी पटना भञ्ज्याङका ३६ वर्षीया बुद्धिमाया श्रेष्ठ र ३५ वर्षीया बेदकुमारी श्रेष्ठ घाइते भएका छन्। 

जीपका चालक ३८ वर्षीय प्रेमबहादुर श्रेष्ठ फरार छन्। घाइतेहरूको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

माघ ४, २०७८ मंगलबार ०७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।