प्रदेश समितिको अधिकार सङ्कुचित गर्न लागेको भन्दै पत्रकार महासङ्घका ८ प्रदेश अध्यक्ष विरोधमा

नेपाल मिडिया अवार्डमा महासङ्घका पदाधिकारीको शङ्कास्पद संलग्नता, काँग्रेशको प्रत्यक्ष राजनीतिमा संलग्न उपाध्यक्ष बाला अधिकारीसहितका विभिन्न संरचनामा रहेका पदाधिकारीमाथिको कारबाही बारे बैठकले केही निर्णय गरेन।
तर सङ्घीय संरचनामा गइसक्दा पनि प्रदेशभन्दा माथि राखेर विभिन्न समिति गठन गरेपछि प्रदेशका अध्यक्षहरू विपक्षमा उभिएका हुन्। १० प्रदेशमध्ये ८ प्रदेशका अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै राज्यसहितका विभिन्न निकायले सङ्घीयता कार्यान्वयन गरेनन् भन्दै बारम्बार प्रश्न उठाउने पत्रकारकै साझा सङ्गठनको बैठकले सङ्घीयताको मर्म र भावना विपरीत प्रदेश समितिहरूलाई कमजोर बनाउने गरी विधान विपरीत समिति गठनको तयारी गरेको उल्लेख गरेको छ।
प्रदेश समितिलाई अङ्कुश लगाउने गरी गठन भए र हुने समिति मान्य नभएको भन्दै उनीहरूले विधानबाहिर गरिने कुनै पनि कार्यमा हाम्रो साथ, समर्थन र सहयोग नरहने चेतावनी दिएका छन्।
विज्ञप्तिमा प्रदेश १ का लिलाबल्लभ घिमिरे , प्रदेश २ का राजेश कर्ण, बाग्मतीका शिव देवकोटा, गण्डकीका नारायण शर्मा, सुदूरपश्चिमका योगेश रावल ,उपत्यकाका सृजन झा , प्रतिष्ठान प्रदेशका बालकृष्ण अधिकारी र एसोसिएसट प्रदेशका अध्यक्ष बैकुण्ठ पराजुलीले हस्ताक्षर गरेका छन्।
माघ ३, २०७८ सोमबार २१:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।