सुर्खेतको क्विन्स रेष्टुराँबाट ४ जना लागूऔषध कारोबारी पक्राउ

पक्राउ पर्नेमा वीरेन्द्रननगर–१२ का ३० वर्षीय भूगोल गुरुङ, सोही ठाउँका २२ वर्षीय विप्लव सुवेदी, वीरेन्द्रनगर–१० बस्ने १८ वर्षीय युनिस नेपाली र वीरेन्द्रनगर–३ बस्ने १९ वर्षीया पूजा कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूबाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको घर्तीको भनाइ छ। उनकाअनुसार उनीहरूको साथबाट प्रहरीले प्लाष्टिकसहित एक सय मिलिग्राम र नाप तौल गर्दा शुद्ध ४० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको छ।
पक्राउ परेकालाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।
माघ ३, २०७८ सोमबार १८:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।