ख्याल गर्नु है- नक्कली मोबिल पर्ला

ख्याल गर्नु है- नक्कली मोबिल पर्ला

गौर नगरपालिका-५ ब्रहर्वा पुलनजिक राणा रौशन सिंहले सञ्चालन गरेको जय शिव शक्ति अटोमोबाइल पसलमा नक्कली मोबिल बेच्ने गरिएको थियो। सो पसलनजिक गोदाममा विभिन्न कम्पनीको फर्जी लोगो प्रयोग गरी कालो बजारी गरेको भन्ने सूचनाका अधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको पसल तथा गोदामबाट प्रहरीले ३ हजार बट्टा मोबिल, २ सय लिटरका २ ड्रम खुला मोबिल र ९ वटा खाली ड्रम बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

माघ ३, २०७८ सोमबार १७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।