तेस्रो लहर सुरु भए यताकै सर्वाधिक सङ्क्रमित फेला: तीन जनाको मृत्यु

तेस्रो लहर सुरु भए यताकै सर्वाधिक सङ्क्रमित फेला: तीन जनाको मृत्यु

१४ हजार १४ जनामा परीक्षण गर्दा पाँच हजार सात सय ४७ जनाको नतिजा पोजेटिभ आएको हो।

यस्तै एन्टिजेन परीक्षण विधिबाट गरिएको तीन हजार चार सय ५१ जनाको परीक्षणमा नौ सय ८७ जना पोजेटिभ फेला परेका छन्। योसहित आजको कुल सङ्क्रमितको सङ्ख्या ६ हजार सात सय ३४ रहेको छ।

योसहित कुल सङ्क्रमितको सङ्ख्या आठ लाख ५९ हजार चार सय ८५ पुगेको छ। यस्तै आज पाँच सय ४७ जना सङ्क्रमणमुक्त पनि भएका छन्। योसहित सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १६ हजार नौ सय ८५ रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामै सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ। योसहित कुल मृतक सङ्ख्या ११ हजार ६ सय २३ पुगेको छ। 

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार आठ सय ७७ रहेको छ। एक सय जना क्वारेन्टिनमा रहेका छन्। 

माघ ३, २०७८ सोमबार १६:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।