एनआरएनएको चुनाव गराउन घलेलाई जिम्मेवारी

आज भएको सङ्घको ८१औं आईसीसी पूर्ण बैठकमार्फत गठन भएको समितिको सदस्यमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त पनि रहेका छन्।
महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि एनआरएनएको महाधिवेशन प्रभावित बन्दै आएको थियो। आज बसेको बैठकले भने निर्वाचनको कार्यतालिका पनि तय गरेको छ। आगामी २८ फेब्रुअरीमा नयाँ आईसीसीको चुनाव गर्ने र जनवरी २६ सम्ममा महाधिवेशन प्रतिनिधिको नामावली संरक्षक परिषद्मार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय पनि भएको छ।
माघ १, २०७८ शनिबार २१:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।