कोहलीले छोडे भारतीय टेस्ट टोलीको कप्तानी

एजेन्सीः दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खलामा लज्जास्पद हार व्यहोरेपछि भारतीय टेस्ट टोलीका कप्तान विराट कोहलीले कप्तानी छोडेका छन्। आज साँझ एक विज्ञप्ति जारी गर्दै कोहलीले कप्तानी छोडेको जानकारी दिएका हुन्।
उनले आफू हरेक कुरामा एक सय २० प्रतिशत योगदान दिन चाहने र त्यसो हुन नसकेमा त्यो गलत हुने उनको भनाइ छ। उनले भनेका छन्- 'म यो कुरालाई लिएर एकदम स्पष्ट छु। म आफ्नो टीमसँग बेइमानी गर्न सक्दिनँ।'
विराट कोहलीले यसअघि नै टी-ट्वेन्टी र एकदिवसीय क्रिकेटबाट कप्तानी छोडिसकेका छन्। यस्तै टेस्टबाट पनि आजबाट कप्तानी छोडेपछि भारतीय क्रिकेट टोलीमा अब तीनै फर्म्याटमा रोहित शर्माले नेतृत्त्व गर्ने सम्भावना रहन्छ।
माघ १, २०७८ शनिबार २०:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।