सङ्क्रान्तिमा नुहाउन गएका ईन्द्रबहादुरको खोलाले बगाएर मृत्यु

पाँचथरः मकर सङ्क्रान्तिमा नुहाउन गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको तुम्बेवा गाउँपालिका–१ रातमाटेका ईन्द्रबहादुर बुढाथोकी रहेका छन्।
आज दिउँसो १२ः४५ बजे २९ वर्षीय बुढाथोकीलाई तमोर नदीले लिक्टिङ भन्ने ठाउँबाट बगाएको थियो। त्यसपछि स्थानीय तथा ईलाका प्रहरी कार्यालय मौवा र प्रहरी चौकी नुवाखोलाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा करिब चार किलोमिटर दक्षिणमा बुढाथोकीको शव फेला पारेको थियो।
माघ १, २०७८ शनिबार २०:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।