अफगानिस्तानलाई नेपालले सहायता सामग्री पठाउने

अफगानिस्तानलाई नेपालले सहायता सामग्री पठाउने

काठमाडौंः नेपाल सरकारले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाउने भएको छ। भोलि आइतबार परराष्ट्र मन्त्रालयको टोली सहायता सामग्री लिएर काबुल जाने भएको हो। 

परराष्ट्रमन्त्री डा. नारायण खड्काका अनुसार भोलि नै संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई सो सहायता सामग्री हस्तान्तरण गरिनेछ। सहायता सामग्रीमा औषधि, खाद्यान्न, लत्ताकपडालगायतका वस्तु हुनेछन्।

दिनदिनै अफगानिस्तानका जनताको चीत्कार देखेकाले नैतिक जिम्मेवारी ठानेर सहायता गर्न लागिएको मन्त्री खड्काले बताए। साथै अन्तर्राष्ट्रिय क्षेत्रमा यो सहयोगले नेपालको छवि पनि सुधार्ने उनले बताए। 

यस्तै मन्त्री खड्काका अनुसार नेपालले आफ्नै विमानमार्फत पठाएको सहायता सामग्री पहिलो पटक हुने पनि दावी गरे। 

माघ १, २०७८ शनिबार १८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।