बालयौन दूराचार र बलात्कार गरेको अभियोगमा तीन जना पक्राउ

बालयौन दूराचार र बलात्कार गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौंः नेपाल प्रहरीले बालयौन दूराचार गरेको अभियोगमा झापाको मेचीनगर नगरपालिका-९ दुर्गा टोल बस्ने ४० वर्षीय नरबहादुर कार्कीलाई शुक्रबार बिहान पक्राउ गरेको छ। १४ वर्षीया बालिकालाई बिहीबार राति दूराचार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस्तै बलात्कारको अभियोगमा प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ नारायणटार बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-३ गुम्छाका २१ वर्षीय सुजन श्रेष्ठलाई शनिबार बिहान पक्राउ गरेको छ।

२० वर्षीया महिलालाई बलात्कार गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस्तै बर्दियामा पनि १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा राजापुर नगरपालिका-४ सघर्षनगर छेदिया बस्ने २३ वर्षीय विमल थारुलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यी घटनाहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

माघ १, २०७८ शनिबार १८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।