चार हजार ६ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा चार हजार ६ सय ३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या अब २१ हजार ५ सय ८४ पुगेको छ।
पछिल्लो २४ घण्टामा १४ हजार ५ सय ५६ जनामा परीक्षण गरिएको थियो। यता सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने तीन सय ५० जना मात्र रहेको छ। सङ्क्रमणमुक्त हुने दर ९६.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
यस्तै कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ। योसहित कुल मृतक सङ्ख्या ११ हजार ६ सय १७ पुगेको छ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, चितवन, भक्तपुर, कास्की र कैलालीमा ५०० भन्दा बढी सङ्क्रमित रहेका छन्। नेपालमा सङ्क्रमणदर १७ प्रतिशत रहेको छ।
माघ १, २०७८ शनिबार १७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।