नेताहरू एकपछि अर्को गर्दै आइसोलेशनमा

काठमाडौं: महाधिवेशन सकिएलगत्तै माओवादी केन्द्रका नेताहरू एकपछि अर्को गर्दै कोरोना सङ्क्रमित भए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठलगायतका अधिकांश नेता यतिबेला आइसोलेशनमा छन्।
एमालेका नेताहरू पनि अहिले जिल्ला अधिवेशनमा व्यस्त भएसँगै एकपछि अर्को कोरोनाबाट सङ्क्रमित हुन थालेका छन्। एमाले महासचिव शंकर पोखरेललाई हिजो सङ्क्रमण पुष्टि भयो। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल शनिबार कोरोना सङ्क्रमित भएका छन्।
यस्तै एमाले नेता भानुभक्त ढकाल समेत कोरोना सङ्क्रमित भएका छन्। उनी दोस्रो लहरमा पनि सङ्क्रमित भएका थिए।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि यतिबेला सङ्क्रमित भएर घरकै आइसोलेशनमा छन्।
माघ १, २०७८ शनिबार १६:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।