कोरोना सङ्क्रमण भएपछि बालुवाटार गएनन् विष्णु पौडेल

काठमाडौँ : कोरोना सङ्क्रमण नियन्त्रण, उपचार र रोकथामका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल जान पाएनन्।
कोरोना सङ्क्रमण पुष्टि भएकाले प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराउने कार्यक्रममा पाैडेल जान नपाएका हुन्। ‘विष्णु पौडेल पनि आउनु हुन्थ्यो,’बालुवाटार पुगेका एमालेका नेताले भने,‘उहाँलाई कोरोना सङ्क्रमण भएकाले आउन सक्नु भएन।’
पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कोभिड सङ्क्रमण पुष्टि भएको लेखेका छन्। ‘आजैबाट स्वास्थ्यलाभको प्रतीक्षा सहित आइसोलेसनको यात्रा आरम्भ भयो’पौडेलले फेसबुकमा लेखेका छन्।
माघ १, २०७८ शनिबार १३:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।