थारु समुदायको नयाँ वर्ष, गाउँका मुखिया छनौट गर्ने 

थारु समुदायको नयाँ वर्ष, गाउँका मुखिया छनौट गर्ने 
फाइल तस्बिर

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते आज थारु समुदायले नयाँ वर्ष अर्थात् माघी पर्व स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउन लागेका हुन्।

बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठुला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा रहेको थारु समुदायमा बेलुका घरमा ठुला मुढा बालेर धुनी जगाउने गर्छन्। 

माघी पर्वका अवसरमा थारु समुदायले गाउँका मुखिया छनौट गर्ने चलन छ। यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने गर्छ।

धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनौट गर्छन्। सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ। 

सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मुलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाइन्छ।

माघ १, २०७८ शनिबार ०८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।