बन्दिपुरमा जिप दुर्घटना, नौ महिने शिशु सहित ६ जनाको मृत्यु

बन्दिपुरमा जिप दुर्घटना, नौ महिने शिशु सहित ६ जनाको मृत्यु

सडकबाट करिब सय मिटर तल खसेर भएको दुर्घटनामा नौ महिने शिशुसहित ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा बन्दिपुर धरमपानी बस्ने नौ महिने शिशु आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षका हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपानेको घटनास्थलमै मृत्यु भएको छ। 

जिप शुक्रबार साँझ दुर्घटनामा परेको हो। 

दुर्घटनामा ७६ वर्षीया विममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

जिप चालक फरार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन्। 

माघ १, २०७८ शनिबार ०७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।