लुम्बिनीले दियो माघी पर्वमा दुई दिन बिदा

प्रदेश सरकार गठन भएको पहिलो वर्षदेखि थारु र मगर समुदायको महान् पर्व माघे सङ्क्रान्ति र माघीको अवसरमा माघ १ र २ गते प्रदेशभर सार्वजनिक बिदा दिइँदै आएको छ।
यस वर्ष पनि दुई दिन बिना दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना निकालेर जानकारी दिएको छ।
मुख्यमन्त्रीको सरकारी निवासमा हरेक वर्ष मनाइने माघी पर्वको कार्यक्रम भने स्थगित भएको छ। प्रदेश सरकारको तर्फबाट सांस्कृतिक झाँकीसहित माघे सङ्क्रान्ति एवं माघी मिलन कार्यक्रम कोरोना सङ्क्रमणका कारण स्थगित गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।
पुष ३०, २०७८ शुक्रबार १७:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।