पेस्तोलसहित सुनसरीबाट तीन जना पक्राउ

पेस्तोलसहित सुनसरीबाट तीन जना पक्राउ

सुनसरीः इनरुवा नगरपालिका-३ महेन्द्र चोकबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिनगर गाउँपालिका-६ का २३ वर्षीय फरियाद मियाँ अन्सारीसहित तीन जना रहेका छन्। 

बिहीबार बिहान प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। हातहतियार बोकी मानिस हिँडिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो। उनीहरूका साथबाट एक थान पेस्तोल, एक थान म्याग्जिन र तीन राउण्ड गोली बरामद भएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

पुष ३०, २०७८ शुक्रबार १३:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।