एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण पुष्टि

एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौंः नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। उनले आफ्नो फेसबुकमार्फत सङ्क्रमण भएको जानकारी गराएका हुन्। 

उनले लेखेका छन्, 'कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन। अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो। निर्धारित सबै कार्यक्रम स्थगित गरियो।'

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतलाई पनि सङ्क्रमण पुष्टि भइसकेको छ।

पुष ३०, २०७८ शुक्रबार १२:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।