१२ किलो गाँजा, ६ ग्राम चरेस र ९ ग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ

१२ किलो गाँजा, ६ ग्राम चरेस र ९ ग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ

झापाः जिल्लाको दमक नगरपालिका-२ बाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलाम माईसेबुङ गाउँपालिका-२ का ३२ वर्षीय दिपेन्द्र राई र सोही ठाउँका १९ वर्षीय नुवसन मुखिया रहेका छन्।

उनीहरूको साथबाट गाँजा १२ किलो र चरेस ६ ग्राम २ सय ६० मिलिग्राम बरामद भएको छ। शुक्रबार बिहान प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरीलाई देख्नासाथ मे३प ५६६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरू भागेपछि तत्काल नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूमाथि जिल्ला अदालत झापाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

यस्तै झापा, दमक नगरपालिका-३ बेलडाँगी शिविर बस्ने २३ वर्षीय राजन तामाङलाई ९ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो। 

पुष ३०, २०७८ शुक्रबार १२:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।