राजीनामाको घोषणा गरेकी पत्रकार महासङ्घको उपाध्यक्ष बैठकमा

राजीनामाको घोषणा गरेकी पत्रकार महासङ्घको उपाध्यक्ष बैठकमा

काठमाडौँ : फेसबुकबाट राजीनामाको घोषणा गर्दै नेपाली कांग्रेसको राजनीतिमा संलग्न भएकी नेपाल पत्रकार महासङ्घको उपाध्यक्ष बाला अधिकारी पुन महासङ्घमै फर्किएकी छिन्।

राजनीतिक दलको सदस्य हुँदा पनि सदस्यता नरहने महासङ्घको विधानमा व्यवस्था छ। तर पार्टीको राजनीतिमा प्रत्यक्ष संलग्न हुँदै राजीनामाकै घोषणा गरेकी उपाध्यक्ष अधिकारी महासङ्घको केन्द्रीय समितिको बैठकमै सहभागी भएकी हुन्।

कपिलवस्तुको तिलौराकोटमा भइरहेको केन्द्रीय समितिको बैठकमा उपाध्यक्ष अधिकारीलाई महासङ्घका अन्य पदाधिकारीले मञ्चमै राखेका छन्।

प्रदेश र जिल्लाको नेतृत्वमा रहेका महासङ्घका पदाधिकारीहरू कांग्रेसको महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार बने पनि महासङ्घले कारबाही गर्न सकेको छैन।

पुष ३०, २०७८ शुक्रबार १२:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।