साउथका यी कलाकार जो बलिउडमा प्रवेश गर्दैछन्

साउथका यी कलाकार जो बलिउडमा प्रवेश गर्दैछन्

एजेन्सीः बलिउड पुरानै ढर्राबाट मुक्त हुन नसकेपछि यतिबेला भारतीय सिने उद्योग दक्षिण भारतीय चलचित्रमा निर्भर छ। दक्षिण भारतीय कलाकारहरूको क्रेज पनि हालैका दिनमा यति धेरै बढेको छ कि अल्लु अर्जुनको नाम सुनेरै फिल्म हेर्न हलसम्म जानेहरूको लामो लाइन थियो।

र अब बलिउडलाई अर्को धक्का लाग्ने भएको छ। दक्षिण भारतीय सिने उद्योग टलिउडका केही कलाकार अब बलिउड प्रवेशको तयारी गर्दैछन्। बाहुबलीबाट बलिउडमा राज गरिसकेका प्रभास र जन्जिरबाट बलिउड प्रवेश गरेका रामचरण त भए भए, अब विजय देवरकोण्डा, नागा चैतन्य, सई श्रीनिवास जस्ता नायकले बलिउडका नायकलाई टक्कर दिने भएका छन्। 

यस्तै नायिकाहरूमा रश्मिका मंदना, राशि खन्ना, समान्था पनि बलिउड प्रवेशको तयारीमा छन्। 

विजय देवरकोण्डा फिल्म लाइगरबाट बलिउड प्रवेश गर्दैछन्। नागा चैतन्य पनि प्रतीक्षित चलचित्र लाल सिंह चढ्ढाबाट बलिउडमा प्रवेश गर्दैछन्। सई श्रीनिवास छत्रपति फिल्मको हिन्दी रिमेकबाट बलिउड यात्रा तय गर्दैछन्। 

राशि खन्ना युद्ध चलचित्रबाट बलिउडमा आउनेछिन्। रश्मिका मंदना मिसन मजनुमा देखिनेछिन्। समान्था पनि बलिउड डेब्यू त गर्दैछिन् तर चलचित्रको भने हालसम्म नाम सार्वजनिक गरिएको छैन।

 

पुष ३०, २०७८ शुक्रबार १२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।