एमाले अधिवेशन: बारा जिल्ला अध्यक्षमा साह

बाराः नेकपा एमालेको जिल्ला अधिवेशनबाट बारामा नयाँ नेतृत्त्व चयन भएको छ। अध्यक्षमा विनोद साह सर्वसम्मत चयन भएका छन्।
बिहीबार राति सम्पन्न बन्द सत्रबाट अन्य पदाधिकारीसहित १३५ सदस्य पनि सर्वसम्मत चयन भएका छन्।
यस्तै उपाध्यक्षमा टीना सुवेदी, सचिवमा अध्यानन्द पाण्डेय र सह सचिवहरूमा अमृत बजगाईं र भुलन चौधरी चयन भएका छन्।
बारा अध्यक्षमा साहसँगै निवर्तमान अध्यक्ष देवनारायण चौधरीले पनि दावी गरेका थिए। तर राति पदाधिकारीहरू सर्वसम्मत टुंगिएका हुन्।
पुष ३०, २०७८ शुक्रबार १०:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।