बेलायती राजकुमारको शाही शीर्षक र संरक्षण खोसियो

बेलायती राजकुमारको शाही शीर्षक र संरक्षण खोसियो

एजेन्सीः बेलायती राजकुमार एण्ड्रिउको शाही शीर्षक र संरक्षण खोसिएको छ। यौन हिंसाको आरोप लागेपछि उनको शाही शीर्षक खोसिएको हो।

'द ड्युक अफ योर्क' मानिने ६१ वर्षीय एण्ड्रिउले अब उप्रान्त औपचारिक कार्यक्रममा 'हिज रोयल हाइनेस'को सम्मान पनि पाउने छैनन्। यद्यपि, यौन हिंसाबारे भने उनले प्रतिकार गर्दै आएका छन्।

बेलायती रानी एलिजाबेथको छोरा एण्ड्रिउको सम्पूर्ण भूमिकाहरू तत्काल लागू हुने गरी रानीलाई हस्तान्तरण गरिएको छ। यी भूमिका एण्ड्रिउले पुनः पाउने छैनन्।

पुष ३०, २०७८ शुक्रबार ०९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।