टिपरमा च्यापिएर दुई जनाको घटनास्थलमै मृत्यु

धनकुटाः जिल्लाको धनकुटा नगरपालिका-२ नागढुङ्गामा आज बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। टिपर चालक प्युठानको माण्डबी गाउँपालिका-१ का २७ वर्षीय भुवन ठेडी मगर र परिचालक दाङको बबई गाउँपालिका-३ का २१ वर्षीय नवीन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो।
धनकुटाबाट वसन्तपुर जाँदै गरेको बाग्मती प्रदेश-०३–००१क ०५४९ नम्बरको टिपर आज बिहान पौने ५ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो। यसैमा चालक र परिचालक च्यापिएको प्रहरी चौकी हिलेले जनाएको छ।
पुष ३०, २०७८ शुक्रबार ०८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।