प्रदेश १ का पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ का पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
हाल प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।
यस्तै आज दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै आज राति देशभर आंशिक बदली रहने छ।
पुष ३०, २०७८ शुक्रबार ०८:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।