बिजुलीको पोल सार्न घुस लिने बिद्युत् प्राधिकरण पाटनका प्रमुख पक्राउ

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बिद्युत् प्राधिकरण काठमाडौँ ग्रिड महाशाखा सवस्टेसन पाटन ललितपुरमा कार्यरत सवस्टेसन प्रमुख सोम प्रसाद पहाडीलाई नियन्त्रणमा लिएको छ।
पहाडीले नेपाल बिद्युत् प्राधिकरणले गाडेको बिजुलीको पोल सार्न सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
पुष २९, २०७८ बिहीबार २२:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।