प्रेस चौतारी ललितपुरको अध्यक्षमा आचार्य, पत्रकार ढकाललाई क्रियाशील पुरस्कार

ललितपुर : प्रेस चौतारी नेपाल ललितपुरको अध्यक्षमा बालमुकुन्द आचार्य चयन भएका छन्। ललितपुर जिल्ला कमिटीको पाँचौँ अधिवेशनले आचार्यको अध्यक्षमा सर्वसम्मत नयाँ कमिटी चयन गरेको हो।
उपाध्यक्षमा नवीन लुइँटेल र शान्ति घिमिरे, सचिवमा अशोक दुलाल, सहसचिवमा सन्तोष दाहाल र अबिन लिम्बु, कोषाध्यक्षमा ईश्वर महर्जन सर्वसम्मत चयन भएका छन्।
कार्यसमिति सदस्यमा सुभानु आचार्य, कल्याण पौडेल, लक्ष्मण दुलाल, सुरेश तामाङ, रवि महर्जन, ज्ञान बहादुर महर्जन, रेखा खुलाल, संगम श्रेष्ठ, नरेन्द्र चालिसे, विद्धान कुलुङ चयन भएका छन्।
अधिवेशनमा प्रेस चौतारी ललितपुरले क्रियाशील पत्रकारिता पुरस्कार नेपाल समाचारपत्रमा कार्यरत पत्रकार ईश्वरराज ढकाललाई दिएको छ।
अधिवेशनमा नेकपा एमालेका उपमहासचिव तथा प्रेस चौतारी नेपालका इन्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टीले राम्रो काम गर्दा गर्दै पनि मडियाले समेट्न नसकेको गुनासो गरे।
पोलिटव्युरो सदस्य सुशीला नेपालले जनतालाई सही सूचना दिने काम पत्रकारको भएको बताइन। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पत्रकारले कलमको माध्यमबाट समाजको रूपान्तरण गर्ने भएकाले जनमत निर्माणमा चौतारीले ठुलो योगदान गर्न सक्ने बताए।
पुष २९, २०७८ बिहीबार २२:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।