३० अङ्कले घटेको नेप्सेमा ८ अर्बको कारोबार

२२९ कम्पनीका १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँको कारोबार भएको छ।
व्यापार, उत्पादन तथा प्रशोधन र लगानी बाहेकका उपसमूह राताम्मे भएका छन्। व्यापार उपसमूह २०.०६ अङ्कले बढेको छ। उत्पादन तथा प्रशोधन ६.२९ र लगानी उपसमूह २.८२ अङ्कले बढेको छ।
सबैभन्दा धेरै निर्जीवन बिमा उपसमूह २६६.४५ अङ्कले घटेको छ। जीवन बिमा १८९.९७, विकास बैङ्क १२२.५४, होटल तथा पर्यटन ७८.०३ र अन्य उपसमूह ७६.३ अङ्कले घटेको छ।
पुष २८, २०७८ बुधबार १६:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।