प्रधानन्यायाधीशविरुद्ध बारको प्रदर्शन : २५ जनाबाट सुरु, सहभागी एक सय भन्दा धेरै 

प्रधानन्यायाधीशविरुद्ध बारको प्रदर्शन : २५ जनाबाट सुरु, सहभागी एक सय भन्दा धेरै 

कोरोना जोखिम हुन नदिन २५ जनाको समूहमा प्रदर्शन गरेको एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। ‘सुरुमा २५ जना भए पनि पछि थपिँदै दर्शक समेत गरी १ सय ५० जना जति पुग्यौ होला,’उनले भने,‘स्वास्थ्य सावधानी अपनाएका छौँ।’ 

कोरोना महामारीमा स्वास्थ्य सावधानी अपनाएर प्रधानन्यायाधीश राणाविरुद्धको प्रदर्शन जारी राख्ने अध्यक्ष श्रेष्ठले बताए। जिल्ला प्रशासन कार्यालय काठमाडौँले २५ जना भन्दा बढी भेला, मेला तथा महोत्सव गर्न रोक लगाएको छ। 

तर, बार एसोसिएसनको बुधबारको आन्दोलनमा एक सय भन्दा धेरै कानुन व्यवसायी सहभागी भएका छन्। 

सर्वोच्चमा इजलास नरोकिने

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ नरोकिने भएको छ। कोरोना महामहामारीमा स्वास्थ्य सतर्कता अपनाएर मुद्दाको सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ। बुधबारका लागि सर्वोच्चमा २३६ वटा मुद्दाको पेसी तोकिएको छ।

सर्वोच्चका न्यायाधीशहरू र बार एसोसिएसनले राजीनामा माग्दै आन्दोलन सुरु गरेपछि लागू भएको गोला प्रथा प्रणालीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलास तोकिने गरेको छैन।

न्यायाधीशहरू गोला प्रथाबाट मुद्दाको पेसी तोक्ने व्यवस्था लागू भएपछि नियमित इजलासमा बस्न थालेका छन्। तर, न्यायाधीशहरूको मागमा समर्थन जनाउँदै आन्दोलन गरेको बार एसोसिएसन प्रधानन्यायाधीश राणाले राजीनामा दिनु पर्ने अडानमा छ। 

सर्वोच्च अदालतले माघ २ गतेबाट सबै जिल्ला अदालत र उच्च अदालतमा गोला प्रथाबाट मुद्दाको पेसी तोक्ने व्यवस्था लागू गर्ने बताएको छ। 

पुष २८, २०७८ बुधबार १५:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।