सहकारी ठगीमा २ एमाले नेता जेल परे

सहकारी ठगीमा २ एमाले नेता जेल परे

भण्डारी एमालेबाट तत्कालीन लालमटिया गाविस- ८ को वडाध्यक्षमा निर्वाचित भएका थिए। उनी नेकपामा राप्ती गाउँपालिका इन्चार्ज र पार्टीको जिल्ला सदस्य थिए। ज्ञवाली एमाले सङ्गठित सदस्य र रापती गाउँपालिका वडा नम्बर २ का सक्रिय सदस्य हुन्।

बचतकर्ताको रकम हिनामिना भएपछि सहकारीका पदाधिकारीविरुद्ध मुद्दा चलेको थियो। जिल्ला अदालत दाङले भण्डारी र ज्ञवालीसँग ५०/५० लाख धरौटी मागेको थियो। तर दुवैले धरौटी रकम बुझाउन सकेनन्।

महाप्रभु सहकारी संस्थासँगै अन्य तीन सहकारी संस्था मिलेर देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको थियो। भण्डारी र ज्ञवाली दुवै महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष हुन्।

सहकारीको रकम हिनामिना घटनामा संस्थाका पूर्व कोषाध्यक्ष रामकृष्ण पौडेल २५ लाख धरौटी बुझाएर धरौटीमा छुटेका छन्। रकम हिनामिनाको अभियोगमा दाङ जिल्ला अदालतले ४ जना कर्मचारीलाई यसअघि नै पुर्पक्षका लागि कारागार पठाइसकेको छ।

पुष २८, २०७८ बुधबार १५:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।