मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा ७ विद्यार्थी सङ्गठनको ऐक्यबद्धता

मेडिकल कलेज सिनामंगलमा जारी विद्यार्थीको रिले अनसन र आन्दोलन प्रति ऐक्यबद्धता जनाएको नेपाल विद्यार्थी सङ्घका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए।
शुल्क वृद्धिको विरोधमा आन्दोलन गरेका विद्यार्थीमाथि दमन, ठगी र ज्यादती भएकाले ऐक्यबद्धता जनाइएको महामन्त्री तिमल्सिनाले बताए।
मेडिकल कलेजमा पुगेका सात विद्यार्थी सङ्गठनका नेताहरूले मेडिकल कलेज सञ्चालनका नाममा माफिया करण भएको आरोप लगाएका छन्।
पुष २८, २०७८ बुधबार १३:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।